अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।

यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ ।

गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरू अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।

यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।

यसैबीच, गिलेडले १५ लाख सिसी औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ। यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड-१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।

स्रोत : अलजजीरा

सम्बन्धित सामग्री

कोभिड-१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

वासिङ्टन- अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री बायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समयअनुसार शुक्रबार आवेदन दिएका...

कोरोना खाेपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ ।  यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको ...

उज्यालो अनलाइन

कोरना संक्रमितलाई दिइने 'रेमडिसिभर भ्याक्सिन' व्यवसायीले तत्कालै ल्याउन नसक्ने

काठमाडौं : सरकारले महामारीको रुपमा रहेको कोरोना भाइरसको औषधि नबनिरहेको समयमा इबोला भाइरसको उपचारमा प्रयोग गरिने रेमडिसिभर भ्याक्सिन नेपालमा परीक्षण गर्न अनुमति दिएको छ। २ हजार भ्याक्सिन ल्याउन तीन वटा औषधि कम्पनीलाई आयात अनुमति दिएको हो। भारतबाट यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ लाइसेन्सले औषधि ल्याउने अनुमति...

थाहा खबर

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ।  रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्। तर अझै यो औषधिले कति फ...

थाहा खबर

इबोलाको औषधि कोरोनाका बिरामीमा परीक्षण गर्न अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ

बाह्रखरी

अमेरिकामा कोरोना भाइरसविरुद्ध ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न अनुमति

अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डेसिभिर औषधि प्रयोग गर्न अनुमति दिइएको छ । शुक्रबार सार्वजनिक भएको एक

नयाँ पत्रिका

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको औषधि नियामक निकायले इबोलाको उपचारमा प्रयोग हुने औषधिलाई कोरोनाभाइरसका बिरामीमाथि प्रयोग गर्न आपत्‌कालीन अनुमति दिएको हो।

बीबीसी नेपाली

कोरोनामा क्लोरोकुइन : प्रभावकारिता र सतर्कता

डा अनुपराज उप्रेती अमेरिकामा युएसएफडिएले कोरोनाको उपचारार्थ आपतकालीन प्रयोगका लागि क्लोरोकुइन प्रयोग गर्ने अनुमति दिएको छ। त्यसैगरी नेपालमा पनि एक प्रतिष्ठित औषधि कम्पनीले कोरोना...