भारतमा हाइड्रोक्सीक्लोरोक्विन औषधि अभाव हुने डर

दिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड १९ को संभावित उपचारको लागि भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषधि माग गरेपछि भारत सरकारले यो औषधि निर्यात गर्ने भएको छ। तर भारत सरकारको यो निर्णयका कारण भारतमा यो औषधिको अभाव हुन सक्ने जानकारहरुले बताएका छन्। 

हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) मलेरिया रोक्ने औषधि हो। औलो लगायत मौसमी बिरामीलाई यो औषधि चलाउने गरिन्छ। प्रतिरक्षा प्रणलीमा समस्या आएमा वा कुनै सरुवा रोगको संक्रमण भएमा यो औषधी चलाइन्छ। तर हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) औषधी कोविड १९ को उपचारमा सहयोगी हुन्छ भनेर बैज्ञानिक पुष्टि भैसकेको छैन  . तर पनि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाइँमा यो औषधि उपयोगी हुने बताएका छन्।

भारतका हजारौं मानिसहरु यो औषधि दैनिक रुपमा सेवन गर्छन्। तर, अहिले यो औषधि अभाव हुने हो कि भनेर मानिसहरु चाहिनेभन्दा बढी खरिद गरिरहेका छन्। भारत सरकारको स्वास्थ्य विभागले भने यो औषधि देशभित्रका लागि प्रयाप्त मात्रामा रहेको जनाएको छ। यो औषधि नियमित सेवन गर्नेले सेवन नगरेमा हात खुट्टा काम्ने जस्ता लक्षण देखापर्ने गर्दछ। 

अहिले भारतभर डाक्टरको सिफारिसबिना हाइड्रोक्सीक्लोरोक्विनको बिक्रीमा  रोक लगाएको छ। डाक्टरको सिफारिस भएकाहरुलाई पनि एक पत्ता (१० ट्याव्लेट) मात्र औषधि  उपलब्ध  हुने गरेको छ।

भारतमा एचसीक्यू को सबैभन्दा धेरै उत्पादन भारतमा हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्य)को ठूलोमात्रामा उत्पादन हुने गरेको छ। कोरोना भाइरसको त्रासपछि भारतले यो औषधि आफ्नै देशका लागि आवश्यक पर्ने भन्दै निर्यातमा रोक लगाएको थियो। तर गत मंगलबार भारत सरकारले कोरोना भाइरसबाट प्रभावित देशहरुमा यो औषधि निर्यात गर्ने जनाएको छ।

इंडियन फर्मास्युटिकल एसोसिएशन (आईपीए)ले भारतमा यो औषlधको कमी नहुने बताएको छ।

आईपीएका  प्रोफेसर टी वी  नारायणका अनुसार, “औषधि नपाइने हल्लाका कारण धेरै मानिसहरुले चाहिनेभन्दा धेरै खरिद गरेका कारण र औषधि पसलेहरुले पनि लुकाएका कारण औषधिको अभाव देखिएको बताए।”

भारतमा इप्का लैब्स र जयडस कैडिला कंम्पनीले यो औषधिको उत्पादन गर्छ। यि दुई कंम्पनीको हरेक दिन १५ लाख ट्याव्लेट उत्पालन गर्ने क्षमता रहेको छ। इप्का लैब्स कंम्पनीसँग ५ करोड ट्याव्लेट स्टक छ भने भारतका हरेक राज्यसँग दश देखि बीस लाख ट्याव्लेट स्टोरेज रहेको छ।

अमेरिकाले भारतसँग यो औषधि करिब ३ करोड ट्याव्लेट माग गरेको छ। साथै भारतले यो औषधि उत्पादन दर बढाएको छ।

सम्बन्धित सामग्री

भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता

२८ चैत, काठमाडौं । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ । बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव …

अनलाइनखबर

ट्रम्पको आग्रहपछि भारतले औषधी निर्यात प्रतिबन्ध हटायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको लडाईमा “गेम चेन्जर”को संज्ञा दिनुभएको हाइड्रोक्सीक्लोरोक्वीन औषधीको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो ।

गोरखापत्र

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग …

अनलाइनखबर