माधव पक्षका नेताहरू कोटेश्वर लागेपछि एमाले कार्यदलको बैठकमा ढिलाइ

काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक बस्न ढिलाइ भएको छ । बैठक दुई बजे बस्ने भनिए पनि माधव नेपाल पक्षका नेताहरू उनलाई भेट्न काटेश्वर गएपछि ४ बजेसम्म पनि बैठक बस्न सकेको छैन । बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याइने नेताहरूले दाबी गरेका थिए । ओली पक्षका नेताहरू भने बैठकका लागि सिंहदरबार मै छन् ।