जीप दुर्घटनामा परी नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप आज साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन्।

घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए। उनले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताए।

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा आज साँझ ५ बजे त्रियुगा नगरपालिकाको स १ ज ५३१ नम्वरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुबैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिए। रासस

सम्बन्धित सामग्री

'मेयरले भ्रष्ट कर्मचारी संरक्षण गरेपछि राजीनामा दिने भनेकी हुँ'

उदयपुर : उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले कर्मचारीबाट व्यापक भ्रष्टाचार भएको भन्दै राजीनामा दिने घोषणा गरेकी छन्। नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण उपप्रमुख चौधरीले राजीनामा दिने तयारी गरेको बताएकी छन्। नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन्। ...

थाहा खबर

बैतडीमा स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते

बैतडी । बैतडीमा आज बिहानै स्कार्पियो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । धनगढीबाट दार्चुला जादैं …

उदयपुरमा अटाे दुर्घटनामा परेर खाेटाङका वडा सदस्यको ज्यान गयाे

खोटाङ - उदयपुरको बंशिलाघाटमा भएको अटो दुर्घटनामा खोटाङको जन्तेढुंगा गाउँपालिका–१, देवीस्थान मैनटारका वडा सदस्य गणेश खड्काको ज्यान गएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीको बंशिलाघाटमा शुक्रबार भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य खड्काको शनिबार उपचारका क्रममा मृत्यु भएको ...

दुर्घटनामा घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन :: Pahilopost.com

काठमाडौँः दुर्घटनामा घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ। ओली नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तर्फबाट दाङ ३ (ख) बाट निर्वाचित सांसद् थिए।  माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा भएको दुर्घटनामा ओली घाइते भएका थिए। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा

पहिलो पोस्ट

सिन्डिकेट गयो, अराजकता आयो

काठमाडौं  । घटना १ : १८ दिनअघि चितवनको भरतपुरमा धर्मराज नेपाल टिपर दुर्घटनामा घाइते भए । दुई टिपर जुध्दा चालक धर्मराज घाइते भएका थिए । उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो । उपचारकै क्रममा सोमबार बिहान ...

नेपाल आज

बम विष्फोटका घाइते पारसको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

१० वैशाख,विराटनगर । बम विष्फोटमा परी गम्भी र घाइते भएका उदयपुरको त्रियुगा नगरपालिकाका पारस राईको सम्पूर्ण उपचार खर्च प्रदेश १ सरकारले ब्यहोर्ने भएको छ । पारस उपचाररत विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उदयपुरका प्रदेश सांसद बिमल कार्कीले बालकको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिएका हुन् …

अनलाइनखबर

उदयपुरमा ट्यांकर दुर्घटना, दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरः कटारी–घुर्मी सडकमा पर्ने उदयपुरको कटारी नगरपालिका– ११ गहुँबारीमा ट्यांकर दुर्घटनाग्रस्त हुँदा चालक र सहचालकको मृत्यु भएको छ। अन्य तीन जना गम्भीर घाइते छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टका अनुसार चालक बारा अमलेखगञ्ज–४ बस्ने २३ वर्षीय पूर्णप्रसाद खनाल र सहचालक मकवानपुर ...

थाहा खबर

गोली प्रहार गरिएका घोडाघोडी नगरपालिका प्रमुखलाई उपचारका लागि नेपालगञ्ज लगियो

अज्ञात समूहको आक्रमणबाट घाइते भएका कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । चौधरीलाई खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकोमा खुकुरी प्रहार भएको छ । नगरपालिकाको सुख्खड बजारस्थित…

Setopati