राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने […] The post राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रदीप पौडेलले बोलाएको छलफलमा ईश्वर पोखरेल गएनन्

१३, मंसिर, काठमाडौं । काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् । क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले बताए । ‘यस क्षेत्रमा उम्मेदवार भएका सबैलाई मैले छलफलका […]

मेरो प्रतिस्पर्धा गठबन्धनसँग होइन, कांग्रेससँग हो : ईश्वर पोखरेल

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल चुनावी मैदानमा छन् । उनीसँगको प्रतिस्पर्धामा सत्ता गठबन्धनका प्रदीप पौडेलसहितका उम्मेदवार छन् । उनै पोखरेलसँग चुनावी अभियानका विषयमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः निर्वाचनको सँघारमा तपाईं जनताको घरदैलो गर्दै हुनुहुन्छ, मत माग्दै हुनुहुन्छ । तपाईंप्रति यहाँका जनताहरुको सद्भाव कस्तो पाउनुभयो ?संविधानसभाको निर्वाचनपछि, संविधान जारी भएपछि म दोस्रो पटक यो क्षेत्रबाट उठ्दै छु ।

ईश्वर पोखरेल : युवा प्रतिस्पर्धीलाई रोक्दै जित जोगाउने चुनौती

२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए । २०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक […]

'प्रकाश' हेरेर रोए ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल चलचित्र ‘प्रकाश’ हेरेर रोएका छन् ।

देउवा र ओलीबीच भेटवार्ता जारी, ईश्वर पोखरेल र रिमाल पनि सहभागी

काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।...

ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।  यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।  त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।  वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।

ईश्वर पोखरेल एमाले वरिष्ठ उपाध्यक्षको मुख्य दाबेदार

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ पदाधिकारीमा नेताहरुको दाबी चलिसकेको छ । अध्यक्षमा केपी शर्मा ओली प्रतिष्पर्धीविहिन जस्तै रहेका छन् । उनी पक्षधर हस्ती नेताहरुले १०औं महाधिवेशनमा ओली निर्विकल्प भएको बताइसकेका छन् । ओलीको पक्षमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत हस्ती नेताहरु छन् । तर, यी […]

विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, ईश्वर पोखरेल बाहिरिने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका […]

बनिरहेको एकताको वातावरण फेरि धुमिल भयो : ईश्वर पोखरेल

राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादल हारेपछि एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल आक्रोशित देखिएका छन् । उनले माधव नेपाल पक्षको भूमिका अत्यन्तै निकृष्ट र अक्षम्य भएको प्रतिक्रिया दिएका छन् । ‘यसखाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विरुद्धमा आज  गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति, निर्णय र निर्देशनको व