नेकपा एकता : वैशाख ९ गते अन्तिम घोषणा गर्ने तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको बाँकी कार्यको घोषणा वैशाख ९ गते गर्ने तयारी भएको छ। तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बनेको एक वर्ष हुनलाग्दासमेत तल्ला कमिटीको एकताको काम बाँकी रहेको छ। 

एकताको बाँकी कार्य टुंग्याउने सन्दर्भमा नेकपाको सचिवालयले वैशाख ९ गतेलाई केन्द्रित गरेर आन्तरिक गृहकार्य अगाडी बढाएको छ। श्रीमती सीता दाहालको उपचारका निम्ती अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केलगत्तै गृहकार्य अगाडि बढाइएको छ। खास गरी केही दिन अघिबाट शीर्ष नेताहरू वैशाख ९ गतेलाई लक्षित गरेर एकताका काम सम्पन्न गर्ने कार्यमा लागेका हुन्।

केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समय भइसक्दा पनि एकताका बाँकी काम पुरा हुन नसक्दा नेकपा जनस्तरमा कमजोर बन्दै गएको र सरकारका काम कारबाहीका बारेमासमेत जनस्तरमा भ्रम रहेको भन्दै व्यापक गुनासो बढ्दै गएको छ। एकताको काम पुरा नहुँदा नेकपाका कार्यकर्ताहरू कामविहीन भएका छन् भने असन्तुष्टि बढ्दै गएको छ। नेकपाका केही केन्द्रीय नेताहरूले समेत एकताका बाँकी कार्य पुरा नहुँदा पार्टी ध्वस्त भएको, पार्टी जनस्तरमा कमजोर बन्दै गएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन। 

यसै सन्दर्भमा नेकपाका शीर्ष नेताहरूले वैशाख ९ गते पार्टी एकता सकिएको घोषणा गर्नेगरी आन्तरिक तयारी गरेका हुन्। त्यसका निम्ती नेताहरूले छलफल अगाडि बढाएको नेकपाका एक नेताले बताए। 'नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टी एकता टुंग्याउनेगरी छलफल अगाडि बढेको छ। अहिले शीर्ष नेताहरू छलफलमा जुटिरहनुभएको छ', नाम उल्लेख नगर्ने शर्तमा नेकपाका ती नेताले भने। 

स्रोतकाअनुसार नेकपा सचिवालयका शीर्ष नेताहरूबीचमा छलफल गर्ने, सम्बन्धित प्रदेशका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्ने काम भइरहेको छ। 

वैशाख ९ गते एकताको बाँकी काम पुरा गरी घोषणा गर्ने तयारीका सन्दर्भमा नेकपा महासचिव विष्णु पौडेलसँग बुझ्‍न खोज्दा आफू बैठकमा भएको बताउँदै यसबारेमा उनले थप प्रतिक्रिया दिएनन्। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने यसबारे बोल्न चाहेनन्। उनले काम भइसनसकेको बताए। उनले एकतालाई पूर्णता दिने भनिएको र गर्नैपर्ने अवस्था रहेको बताए। 

यो पनि पढ्नुस्

सम्बन्धित सामग्री

यस्तो छ एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी

सत्तारूढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । बिहिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ। निर्णयपछि आजै निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’…

सेतोपाटी

वैशाख ९ गते नै एकता गर्न एमालेको जोड

काठमाडौं, वैशाख ४ – नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै घोषणा गर्नुपर्ने निस्कर्ष निका...

उज्यालो अनलाइन

वैशाख ९ गते नै एकता गर्न एमालेको जोड

काठमाडौं,  वैशाख ४ – नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै घोषणा गर्नुपर्ने निष्कर्...

उज्यालो अनलाइन

सर्दै एमाले माओवादी एकता

काठमाडौँ, वैशाख ३ गते । आवश्यक तयारी पूरा नभएपछि नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीच वैशाख ९ गते हुने भनिएको एकतामा ढिलाइ हुने देखिएको...

गोरखापत्र

बैशाख ९ मा एमाले-माओवादी एकता घोषणाको सम्भावना न्यून

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा बैशाख ९ मा हुने सम्भावना न्यून बन्दै गएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापनको दिन अर्थात् अप्रिल २२ (बैशाख ९ गते) पार्टी एकता गर्ने भनिएको थियो। तर एकताको दिन नजिकँदै जाँदा पनि विवादित विषयहरू टुंगो नलाग्दा बैशाख ९ मा पार्टी एकताको सम्भावना न्यून बन्दै गएको ह...

थाहा खबर

एमाले–माओवादी एकता ९ वैशाखमा, विवादित विषयमा छलफल नै भएन

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता हुने भएको छ । लामो समयको रस्साकसी र छलफलपछि दुई पार्टीले वैशाख ९ गते एकता घोषणा गर्न लागेका हुन् । बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ गते एकता गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

कारोबार दैनिक

एमाले र माओवादीले अब एकता घोषणाको तयारी गर्ने (भिडियोसहित)

नेकपा एमाले र माओवादी केन्द्रले अब पार्टी एकता घोषणाको तयारी गर्ने भएका छन्। बिहीबार बसेको एकता संयोजन समितिको बैठकले वैशाख ९ गते हुने एकता घोषणाका लागि दुबै दलले पार्टीमा छलफल गर्ने निर्णय गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि दुबै दलका पोलिटब्युरो, स्थायी समितिलगायत निकायबाट पार्टी एकताको प्रस्ताव पारित गर्ने लगायतका अन्तिम तयारीतिर लाग्ने निर्णय…

सेतोपाटी

बालुवाटारबाट एमाले-माओवादी एकता घोषणा गर्ने तयारी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणाको तयारीसहित सोमबार साँझदेखि सुरु पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री

Annapurna Post