वासिङ्टन डिसी (अमेरिका) । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।
अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए ।
उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।
उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक ।
उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’
डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए ।
सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए ।
त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी
वीरगञ्ज – प्रहरीले बाराबाट २७ लाख ५९ हजार बराबरको दाल नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले, जितपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा नुवाकोट तर्फ जादै गरेको ना ८ ख १२६१ नम्बरको ट्रकबाट विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको उक्त परिमाणको दाल प्रहरीले बरामद […]
बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव रातो पिकअप ट्रक भित्र फेला पारेका हुन् । प्रहरीले मृतक एकजना बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस भएको जनाएको छ । उनी मेक्सिकन मूलका हुन् […]
मुगु - मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते ...