अमेरिकाले नेपालबारेको मानव अधिकारसम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । विश्वब्यापी मानवअधिकार रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपालबारेको रिपोर्ट पनि सार्वजनिक गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अमेरिकाका विभिन्न निकायहरुले श्रोतको रुपमा प्रयोग गर्दै आएका छन् । अमेरिकामा एसाइलम स्वीकृतका सम्बन्धमा समेत यो रिपोर्टको प्रयोग गरिदै आएको छ । रिपोर्टमा महत्त्वपूर्ण मानव अधिकारका विषयहरु […]
विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् ।
जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ ।
१२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो …
रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो ।