बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव रातो पिकअप ट्रक भित्र फेला पारेका हुन् । प्रहरीले मृतक एकजना बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस भएको जनाएको छ । उनी मेक्सिकन मूलका हुन् […]
मुगु - मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते ...
सुन्दरहरैंचा (मोरङ) । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्षका रूपमा काम गरेका थिए ।
साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरू’लगायत कृति लोकप्रिय छन् ।
सुवेदीका नाममा उनका छोराहरूले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन् । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदै आएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए ।
सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् । रासस
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।