वीरगञ्ज – प्रहरीले बाराबाट २७ लाख ५९ हजार बराबरको दाल नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले, जितपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा नुवाकोट तर्फ जादै गरेको ना ८ ख १२६१ नम्बरको ट्रकबाट विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको उक्त परिमाणको दाल प्रहरीले बरामद […]
मुगु - मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते ...
सुन्दरहरैंचा (मोरङ) । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्षका रूपमा काम गरेका थिए ।
साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरू’लगायत कृति लोकप्रिय छन् ।
सुवेदीका नाममा उनका छोराहरूले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन् । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदै आएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए ।
सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् । रासस
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।