खोप प्रमाणीकरण अब ४ ओटा अस्पतालबाट : स्वास्थ्य  मन्त्रालय

साउन ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन ओटा अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा शनिवारदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए।             उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण शनिवारदेखि गरिएको जानकारी दिए । थप तीन ओटा अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड कम भएको छ । यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो ।             खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् । उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्ने तयारीसमेत गरिएको जानकारी दिए । रासस  

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयकाे ‘फेक’ वेबसाइट बनाई खोप प्रमाणीकरण

अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ।...

खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई

काठमाण्डाै - क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन । विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ । सब...

अनलाइनबाटै खोप प्रमाणीकरण प्रमाणपत्र लिन आग्रह

नेपाल समाचारपत्र, काठमाडौं । खोप लगाएको प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन दिन गृह मन्त्रालयले सार्वजनिकरूपमा आग्रह गरेको छ । कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र लिन आउँदा स्वास्थ्य सेवा विभागमा परिसरमा मानिसहरूको भीडभाड बढ्न थालेपछि मन्त्रालयले सो आग्रह गरेको हो । सो प्रमाणपत्र अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरे पनि मानिसहरू सरासर राजधानीको टेकुस्थित विभागमा पुग्ने गरेका […]

खोप प्रमाणीकरण गर्दा शु्ल्क लिनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फारम भरी सहजीकरण गर्न निर्देशन गरिए पनि केही संस्थाले शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरी कारबाही गरिने बताएका […]

विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क रुपमा गर्नू : मन्त्रालय

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।  साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताल गरी चार अस्पताल तोकेको थियो ।  तर निःशुल्क खोप प्रमाणीकरण गर्ने निर्देशन हुँदा पनि केही अस्पतालहरुले शुल्क लिने गरेको गुनासो प्राप्त भएको भन्दै त्यसो नग...

स्वास्थ्य मन्त्रालयले भन्यो- खोप प्रमाणीकरण निःशुल्क गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।  केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले त्यस किसिमको कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।  खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।  पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेप...

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा शनिबारदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी […]

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकोमा शनिबारदेखि पाटन...

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दिए ।उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गर

अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो।  मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत