भोजपुरको हतुवागढी : अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी हुनुभएको छ । उहाँले ३ हजार ७०८ मत ल्याउनुभयो भने एमालेकी कमला राईले ३ हजार ६११ मत ल्याउनुभएको छ ।