काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सालाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।
हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।
शारीरिक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ ।
त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनियाँ प्रयोग गर्दा फाइदा पुग्छ ।
हरियो धनियाँको प्रयोगले पाचन प्रकृयामा स...