लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…

सम्बन्धित सामग्री

हस्ताक्षरका लागि महन्थ पनि पुगे निर्वाचन आयोग

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा हस्ताक्षर गर्न महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्दै ठाकुर लगायत नेताले लोसपा गठन गरेका हुन् । संघीय संसद् वा केन्द्रीय कार्यकारिणी समितिमा २० प्रतिशत पुगेमा लोसपाले नयाँ दलको मान्यता पाउने छ ।  यस्तो अवस्थामा सो पार्टीमा लाग्ने निर्वाचित जनप्रतिनिधिहरूको पद समेत सुरक्षित रहने छ।

माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थिति जनाउनुपर्ने बताए । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारि

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो। सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे…

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गर्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न भनेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले जसपाका ५१ मध्ये ३४ कार्यकारिणी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यस्तो निर्णय दिएको छ।

महन्थ ठाकुर जसपाका भिष्म पितामह हुन्, उनलाई सम्मान दिनुपर्छः रेशम चौधरी

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले महन्थ ठाकुर जसपाका भिष्म पितामह भएको बताएका छन्। जसपा विवादमा सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका चौधरीले आयोगबाट बाहिरिने क्रममा नेता ठाकुरलाई भिष्म पितामहसँग तुलना गरेर आफ्ना लागि उनी श्रेद्धय र आदरणीय रहेको बताए। आज आयोगबाट आधिकारिकता पाउने पक्षले पनि ठाकुरको निष्ठालाई सम्मान गर्नुपर्नेमा जोड दिए। महाभारतमा पाण्डवले […]

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग

निर्वाचन आयोग र उपेन्द्रविरुद्ध महन्थ सर्वोच्च अदालतमा (निवेदनसहित)

निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ ।निर्वाचन आयोगले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकतापछि बनाइएको राष्ट्रिय कार्यकारिणी सदस्यलाई साउन ११ गते नागरिकतासहित उपस्थित हुन आदेश दिएपछि ठाकुर पक्षले निर्वाचन आयोग समेतलाई विपक्षी बन

चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर

काठमाडौँ । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताए । पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई […]

प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...