भीम आचार्य र टंक कार्की पराजित

चितवन, १४ मंसिर । नेकपा एमालेको सचिव पदको प्रतिष्पर्धामा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा नपरेपछि दुवैले उम्मेदवारी दिएका थिए । आचार्य निवर्तमान सचिव हुन् । उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । कार्की चीनका लागि पूर्वराजदूत हुन् । आचार्य ओलीइतर समूहका […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। भारी मतका साथ केपी शर्मा ओली दोस्रोपटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्। ओलीले १८४० मत पाउँदा भीम रावलले मात्र २२४ मत पाएका छन्। एमाले उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन्। १७ बुँदे प्रस्ताव पारित गर्दै एमालेको दशौं महाधिवेशन सकिएको छ।भारी छुटका साथ काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमै उत्पादित जुत्ताचप्पल व्यापारमेला शुरु भएको छ।

ओली र रावलको रमाइलो भलाकुसारी

सौराहा- एमालेको अध्यक्ष पदका प्रतिष्पर्धा गरेका केपी शर्मा ओली र उनका प्रतिद्वन्द्वी भीम रावलबीचको भलाकुसारी निर्वाचन परिणाम सार्वजनिक कार्यक्रममा रमाइलो देखिएको छ। उनीहरुबीच सौहार्द्रपूर्ण वार्ता हुँदै गरेको दृश्य तस्बिरमा कैद भएको छ। पदाधिकारीमा विजयी नभए पनि भीम रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य केन्द्रीय सदस्य पदमा भने विजयी भएका छन्। यद्यपि रावलले आफ्नो प्रतिष्पर्धा […]

ओली प्यानलका ७ जना सचिवमा विजयी

नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

प्रस्तावित सूची अश्वीकार गर्दै उम्मेदवार बनेका चारै नेता पराजित

अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

भीम आचार्य र टंक कार्की सचिवमा पराजित

नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।