वन अतिक्रमण गर्दै ग्यारेज

डँडेलधुरा : डँडेलधुरा अमरगढी नगरपालिकाले वन अतिक्रमण गरी गाडी मर्मतका लागि ग्यारेज बनाउन थालेको छ । सडक छेउछाउ रहेका गाडी मर्मत गर्ने ग्यारेज एकै स्थानमा बनाउन अमरगढी नगरपालिकाले मैदान खोदान गरिसकेको छ । नगरपालिकाले वडा नं. १ स्थित ढुनढुनेमा रहेको वनको जमिन अतिक्रमण गरी ग्यारेज व्यवस्थापन गर्न लागेको हो । ग्यारेज व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रकम विनियोजन गरी मैदान बनाउने काम सकेको जनाएको छ ।