२५ लाख मूल्य बराबरको किबी उत्पादन

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ ।  २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै […]

सम्बन्धित सामग्री

किबीको जाम उत्पादन शुरू

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन शुरू गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा विक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले बजार मूल्य राम्रो पाएको छ,’ उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्राम रू. तीन सय र ७०० ग्राम रू. चार सयमा विक्री भइरहेको छ ।’ जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको बताइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए । गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रू. २५ लाखभन्दा बढी लगानी रहेको छ । शुरुआती चरणमा रू. पाँच लाख लगानीमा उपकरण खरीद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले बताए । जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक उत्साहित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक उत्साहित भएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल संकलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यस अघिसम्म खेर जाने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय किबी उत्पादन बढ्न थालेको छ । केही वर्षदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रतिकेजी रू. २५० मा फार्मबाटै विक्री हुँदै आएको छ । जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई र काठमाडौंमा निकासी हुने गरेको कृषक बताउँछन् । रासस

भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडौं। भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ। विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च देखिएको छ। खोटाङमा २५ लाख मूल्य बराबरको किबी उत्पादन भएको छ। इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। इण्डोनेशियामा अजिङ्गरले निलेको महिलाको शव फेला परेको छ।

रोल्पामा दुई ओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा

माघ १२, रोल्पा । रोल्पामा दुई ओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तरकारीको पकेट क्षेत्र मानिएको रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ ।  लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको कोल्ड स्टोर अबको केही दिनमै हस्तान्तरण गर्ने गरी काम भइरहेको कोल्ड स्टोरका सुपरीवेक्षण इञ्जिनियर सुरेश घर्तीमगरले जानकारी दिए । ‘दुवै कोल्ड स्टोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ’ इञ्जिनियर घर्तीले भने ‘अबको केहि सातामै कोल्ड स्टोर सञ्चालनमा आउने गरी काम भइरहेको छ ।’ प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहबनस्थित कोल्ड स्टोरको क्षमता ५०० मेट्रिक टन रहेको छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ । कोल्ड स्टोर निर्माण भएसँगै यस क्षेत्रका किसानहरु हर्षित भएका छन् ।  यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा विक्री गर्न सकिने भएपछि आफूहरु हर्षित भएको साना किसान सहकारी संस्थाकी अध्यक्ष प्रमिला पुनने बताए । ‘यसअघि वर्षायाममा उत्पादित तरकारीले बजार नपाएर हैरान हुने गरेका थियौं’ पुनले भने ‘अब उक्त समस्या हट्ने भएपछि हामी खुसी छौं ।’ यस्तै स्याउ, किबी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुश गरेका छन् । कोल्ड स्टोरले यहाँ उत्पादन हुने स्याउ र आलुले राम्रो मूल्य पाउनेमा आफूहरु ढुक्क भएको किसानका लागि कृषक समूहका अध्इक्ष अमृत केसीले बताए ।  ‘यसअघि कुहिने डरले सस्तो मूल्यमै स्याउ बेच्दै आएका थियौं’ केसीले भने ‘अब हामीले बेमौसममा राम्रो मूल्यमा विक्री गर्न पाउने भएका छौं ।’

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउँछन् । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरण नै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँ गाउँमा किबीखेती भइरहेको छ । नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ […]

जलजलामा फस्टाउँदै ठेकी फल

म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किबी खेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन ।      ‘किबी लगाएपछि जंगली जनावरले पनि दुःख दिएका छैनन्’, तिलिजाले भनिन्, ‘कोदो, मकै लगाउँदा भन्दा आम्दानी पनि राम्रो भएको छ । कोदो लगाउँदा वर्षमा दुई क्विन्टल उत्पादन हुन्थ्योे । किबीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन् ।’      गत वर्ष प्रतिकिलो २५० रुपैयाँका दरले ५०० किलोग्राम किबी बेचेको तिलिजाले बताइन् । यसपालि गत वर्षभन्दा बढी किबी फलेको उनले सुनाइन् ।      चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किबीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्रामभन्दा बढी उत्पादन गरे । मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किबीबाट ७५ हजार कमाइ भएको पुर्जा बताउँछन् ।       ‘अरूले प्रतिकिलो ३०० रुपैयाँभन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौं’, पुर्जाले भने, ‘अन्नबालीको भन्दा किबीबाट धेरै बढी आम्दानी भयो ।’ अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । म्याग्दीको राम्चे, बरञ्जा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेती विस्तार भएको छ । ३२ वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किबी भित्र्याएका थिए ।      स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थकर मानिने किबीको बजारमा माग र खपत बढेको छ । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेती गर्न सकिन्छ ।      ‘भिटामिन सीलगायत पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ’, उनले भने, ‘राम्रो भयो भने एकै रोपनीमा ४ लाखसम्म आम्दानी गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।’ अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलका रूपमा चिन्ने गरिएको छ । न्युजिल्यान्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा १०० रुपैयाँ छ । निजी नर्सरीबाट ३०० सम्ममा बिक्री हुन्छ । कृषि ज्ञान केन्द्रले गत वर्ष नमुना फार्म कार्यक्रममार्फत एउटा किबीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो । यो वर्ष चार वटा किबी फार्म स्थापनाका लागि आवेदन परेको छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए ।       प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटासम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौती हो । रासस

पाखो जमिनमा किवी खेती

भीमेश्वर नगरपालिका वडा नं. ८ बोचका ३० वर्षिय विदुर बस्नेत आजभोली किबी टिप्न र भण्डारण गर्न व्यस्त छन् । फलेका किबी बजारमा राम्रा मूल्य लिन उनी हरेक दिन बजार धाउँछन् । राम्रो मूल्य पाउने वित्तिकै किबीलाई बजारमा बेच्ने उनको योजना छ । आर्शिवाद किबी फार्मका सञ्चालक बस्नेतका धेरैजसो किबी फार्मबाटै बिक्री भएका छन् । १० रोपनी पाखो जग्गा प्रयोग ३ वर्षअघि किबी रोपेका उनको फार्मबाट यस वर्षदेखि उत्पादन सुरु भएको छ ।