चितवनको नारायणी नदी किनारमा एमालेको १० औँ महाधिवेशन LIVE

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। मंसिर १० गतेदेखि १२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा सुरु भएको हो। उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुसाथै विभिन्न विदेशी नेताहरुलाई एमाले सचिव प्रदीप ज्ञवालीले स्वागत गरेका छन्। कार्यक्रमको सञ्चालन ज्ञवालीले गरिरहेका छन्। एमालेको महाधिवेशनका लागि देशभरिबाट आएका […]

सम्बन्धित सामग्री

कसकाे गलामा सजिएला यी माला र खादा? (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सकिएर गणनाको प्रक्रिया सुरु हुँदा फुलमाला तथा खादा व्यापारीहरु तयारी अवस्थामा बसेका छन् । महाधिवेशन स्थल बाहिर व्यापारीहरुले फुलमाला तथा खादाको व्यापारका लागि बसेका छन् । उनीहरुले सयपत्रीसहितका फूलका माला तथा विभिन्न रंगका खादा बेच्न राखेका हुन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा […]

एमाले महाधिवेशनः बन्दसत्र ७ बजे सुरु हुने

सौराहा– नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र आइतबार साँझ ७ः०० बजेमात्रै सुरु हुने भएको छ। बिहान १० बजेका लागि निर्धारित बन्दसत्र साँझ ७ः०० बजेका लागि सरेको अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्केपछि नेता गोकुल बास्कोटाले जानकारी दिए। पदाधिकारीसहित ३२० सदस्यीय केन्द्रिय कमिटीमा सहमतिका लागि  एमाले अध्यक्ष ओली दिनभरजसो नेताहरुसँगको छलफलमा व्यस्त रहे। […]

एमाले महाधिवेशनः मोबाइल एपका लागि फोटो खिच्नेको भीड (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ। शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा शनिबारबाट सुरु भएको थियो। तर पदाधिकारी तथा कन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास जारी रहँदा आइतबारको बन्दसत्र सुरु भएको छैन। सर्वसम्मतिका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार दिएको छ। […]

एमाले महाधिवेशनः बन्दसत्रमा ओली र रावलबीच भनाभन

चितवन– नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत शनिबार दिउँसोबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ। बन्दसत्रले पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयप्रति उपाध्यक्ष रावलले  आपत्ति जनाएपछि ओली र रावलबीच भनाभन भएको हो। पदाधिकारी तथा केन्द्रीय सदस्यको […]

महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। अध्यक्ष ओलीलाई बन्दसत्रको हलले उम्मेद्वारको सूची प्रस्तुत गर्ने अधिकार दिएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए। एमालेको १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ।

यस्तो छ एमाले महाधिवेशनस्थल सौराहमा चहलपहल (तस्बिरहरु)

सौराह – चितवनको सौराहमा नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत बन्द सत्रको तयारी भइरहेको छ। नयाँ नेतृत्व चयन सर्वसम्मतिमा गर्ने प्रयास स्वरुप नेताहरु छलफल तथा वार्तामा सक्रिय हुँदा सौराह क्षेत्रमा एमालेका महाधिवेशन प्रतिनिधिको चहलपहल बाक्लो देखिन्छ । एमालेको झण्डाले रंगिन बनेको सौराहमा प्रतिनिधिहरु तथा अरु स्थानीय बासिन्दाहरुको उपस्थितिले चलायमान देखिएको छ । देश सञ्चारकी फोटो […]

एमालेको १० औँ महाधिवेशनमा के भीम रावलले केपी ओलीलाई ‘च्यालेन्ज’ गर्दै छन्?

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार हुने संकेत गरेका छन्। मंसिर १०-१२ मा एमालेको १० औँ महाधिवेशन चितवनमा हुँदै छ। गृहजिल्ला अछाम पुगेका रावलले साफेवगरमा आयोजित नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताको भावना अनुसार आफू १० औँ महाधिवेशनमा अघि बढ्ने बताए। ‘१० औँ…

दशौँँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले …

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको […]