पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे । सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभा

सम्बन्धित सामग्री

दुर्गा मन्दिरमा कोपिला परियारले दीनबन्धुलाई टीका लगाइन् (भिडियो)

चितवन भरतपुरको रामघाटस्थित दुर्गा मन्दिरमा बिहीबार बिहान चहलपहल थियो । मन्दिरका पुजारीसँगै स्थानीय दलित महिला कोपिला परियार पनि मन्दिरभित्र प्रवेश गरिन् । उनले दुर्गाको मूर्तिमा पूजा गरिन् र वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेललाई टीका लगाइदिइन् । त्यसपछि उनले मन्दिरमा उपस्थित भएका अन्य सहभागीहरुलाई टीका, फूल र प्रसाद वितरण गरिन् । परियार सोही वडाकी महिला सदस्य समेत हुन् । मन्दिरमा पूजा गर्नका लागि स्थानीय दलित समुदायका व्यक्तिहरु, वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेल, राष्ट्रिय दलित आयोगका स