वरिष्ठ पत्रकार बनारसी वर्माको नाममा कपिलवस्तुमा अक्षयकोष स्थापना

केरसिंह अदै, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु को १० औं साधारण सभा आज तौलिहवामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता र महासंघ कपिलवस्तुका अध्यक्ष दिलाराम भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम, पूर्व कृषि मन्त्री बलदेव खनाल, पत्रकार महासंघ केन्द्रीय सदस्य वसन्त गिरी, पूर्व केन्द्रीय सदस्य निशा विश्वकर्माले पनि सम्बोधन गर्नु भएको थियो । प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, मधेसी पत्रकार समाजका प्रतिनिधिहरुले सम्मेलन सफलताको शुभ कामना दिनु भएको थियो । सम्मेलनमा सचिव हरी आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक खड्काले आर्थिक प्रतिवेदन तथा महासंघका जिल्ला अध्यक्ष दीलाराम भुसालले आर्थिक वर्ष २०७७–७८ को लागि योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सम्मेलनले कोरनाका कारण मृत्यु हुनु भएका वरिष्ठ पत्रकार शाखाका पूर्व उपाध्यक्ष बनारसी बर्मा प्रति शोक प्रस्ताव पारित गर्दै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै उहाँको नाममा १ लाख रुपैयाँको अक्षय कोष खडा गर्ने निर्णय समेत गरेको छ । बर्माको उपचारमा पनि महासंघले सहयोग गरेको थियो। महासंघ कपिलवस्तु शाखाले पत्रकारहरुलाई आपत विपतमा सहयोग गर्ने हेतुले ६ लाख रुपैयाँ बराबरको अक्षय कोष समेत खडा गरेको छ । आगामी वर्ष १५ लाख पुराइने घोषणा गरिनुका साथै जिल्ला मा ९० जना पत्रकार हरुको कोरोना बीमा बनाई सकेको छ । जिल्लामा १४६ जना पत्रकार महासंघमा आवद्ध रहेका छन् । शाखाको १० औं साधारण सभाले विभिन्न माग राखी १० बुँदे घोषणा पत्र समेत जारी गरेको छ । जिल्लाको विविध समस्यालाई लिएर प्रमुख अथिती पोख्रेललाई लिखित रूपमा ध्यानआकर्षण पत्र पनि बुझाइएको छ ।  सभाको सञ्चालन सचिव हरी अधिकारी र स्वागत, महासंघकी उपाध्यक्ष पार्वती पाण्डेले गर्नु भएको थियो ।

सम्बन्धित सामग्री

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर, १५ माघ । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् […]

वृद्धभत्ताकाे रकमबाट २ वटा अक्षयकोष स्थापना

डोटी – डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेका रघुनाथ जोशीले आफूले पाउँदै आएको वृद्धभत्ता रकमबाट दुई वटा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले एक/एक लाख रुपैयाँका रघुनाथतारा अक्षयकोष स्थापना गर्नुभएको हो । १ सय २ वर्षको उमेरमा जोशीले जोरायल गाउँपालिका–३  काे शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गर्नुभएको हो । जोशीले जीवनको उत्तरार्धमा पुण्य कार्य गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी हुनुभएको छ । अहिले उहाँहरू ...

पच्चीस लाखको अक्षयकोष स्थापना

‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई […]

छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना

कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ । लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा […]

वानका पूर्वअध्यक्षको स्मृतिमा अक्षयकोष स्थापना

निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।...

वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना

कर्णाली । वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट १३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले पारिश्रमिक बापतको सो रकम ‘रवि–जगत फाउन्डेशन’का नाउमा अक्षयकोष स्थापना गरेका हुन् । फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने जनाइएको छ । “यो संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ,” नगर प्रमुख सुवेदीले […] The post वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक.

राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

म्याग्दी, २८ चैत्र । म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही अवसरमा चन्दादातालाई सम्मान गर्दै समाजसेवी भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताए […]

चौरासी पूजाको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ ।  विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेका विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए । रुपन्देहीको बुटबल उपमहानगरपालिका–६ अस्पताल लाइनका...

जनप्रतिनिधिले आफ्नो पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना

रुपन्देहीका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य नारायणप्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँच वर्षे कार्यकालको तलब, भत्ताबापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्य...

नुवाकोटको बेलकोटमा छात्रवृत्ति अक्षयकोष स्थापना

नुवाकोट, १२ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु एक लाख ५पाँच हजार ५५ को अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकमको चेक […]