ए डिभिजन फुटसलको तालिका सार्वजनिक

पोखरामा आगामी महिनाको सुरुदेखि सुरु हुन लागेको ए डिभिजन फुटसलको तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो । ए डिभिजन फुटसलमा छ प्रदेशका कुल दश टोली सहभागी हुँदैछन् । लिग विजेताले दश रुपियाँ र ट्रफीबाट पुरस्कृत हुनेछ । उपविजेताले पाँच लाख र उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र उदयीमान खेलाडीले पच्चीस पच्चीस हजार रुपियाँबाट पुरस्कृत हुनेछन् । प्रतियोगितामा प्रदेश १ बाट धरान र द राइजिङ धरान गरी दुई टोली चयन भएका छन् । बागमती प्रदेशबाट ढुकु फुटसल हब, शङ्खमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल्स फुटबल चयन भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्टस कैसल र सबिन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिमबाट लुम्बिनी फुटसल र झर्ना स्पोर्टस क्लब सहभागी हुँदैछन् ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग फागुन १९ बाट सुरु हुने

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच बिहीबार भएको बैठकपछि लिग फागुनमा गर्ने सहमति भएको हो ।

ए डिभिजन लिग पूर्व निर्धारित मितिमा सुरु नहुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो । तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो […]

ए डिभिजन लिग पुस २६ देखि, डबल लिगका आधारमा हुने

१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]

ए डिभिजन लिगको मिति प्रस्ताव

नेपाली फुटबलको मेरुदण्ड ‘ए डिभिजन लिग’ ८ पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगको मिति प्रस्ताव गरेको हो । करिब...

एनएसएल र ‘ए’ डिभिजन क्लबको लडाइँ थप उत्कर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै सुरु भएको ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिगबीच अस्तित्वको लडाइँ थप उत्कर्षमा पुगेको छ।...

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।...

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]