‘कोभिशिल्ड’ को प्रभावकारीता ७८ प्रतिशत

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ ।      स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।  उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड ...

सम्बन्धित सामग्री

सेरमले तोक्यो कोभिशिल्ड बुस्टर डोजको मूल्य

भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।

भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड दिने तयारी

काठमाडौं : कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिइने भएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन्।कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ।मन्त्रालयले पहिलो मात्रा खोप लगाएका

खोटाङमा कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्रो मात्रा दिन सुरू

खोटाङमा गत भदौ र असोजमा कोभिड– १९ विरुद्ध कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्रो मात्रा दिन लागिएको हो ।एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।  भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्

सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता

अस्ट्रोजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ।

कोभिशिल्ड लगाउनेले युरोपका सात देशमा पाए यात्राको अनुमति

एजेन्सी। भारतमा निर्मित कोरोनाविरुद्धको खोप कोभिशिल्डलाई युरोपका सात देशले मान्यता दिएका छन्। ती सात देशमा अष्ट्रिया,जर्मनी,स्वीट्जरल्याण्ड, स्लोभेनिया,ग्रीस,आइसल्याण्ड र स्पेन रहेका छन्। यी सात देशले कोभिशिल्ड लगाउनेलाई आफ्नो देश प्रवेश दिने जनाएका छन्।कोभिशिल्ड खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको हो। यसलाई भारतमा सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको छ।युरोपका सात देशले कोभिशिल्डलाई मान्यता दिए पनि युरोपेली युनियनले भने हालसम्म मान्यता दिएको छैन।

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका... The post ‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने appeared first on Purbeli News.

कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा एस्ट्रेजेनेकाको खोप दिइने

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई एस्ट्रेजेनेकाको खोप दिइने भएको छ। कोभिशिल्ड उपलव्ध हुन नसक्ने भएकाले दोस्रो मात्र एस्ट्रेजेनेकाको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलले फागुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय भएको बताए।सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैल

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...