अभिनेत्री साम्राज्ञी आरएल शाह फिल्म ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिकामा उनी अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले बताए । ‘रियलमा उनी जस्तो छिन् त्यस्तै भूमिकामा उनलाई हामीले फिल्ममा प्रस्तुत गर्न लागेका छौ’ निर्देशक लामिछानेले भने ‘यो फिल्मबाट दर्शकले उनलाई राम्रोसँग बुझ्न सक्नुहुनेछ ।’शाहले केहीदिन पहिले मात्र फिल्म कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन् । यो फिल्मका उनको जोडी जीतु नेपाल बनेका छन् ।