नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ ।
नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेका छन् । उनले योसँगै चौथो पटक सरकारको नेतृत्व गरेका हुन् ।
गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको समाचारमा जनाइएको छ ।
नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटि...