नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको