धादिङकाे गजुरी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

धादिङ – धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका सर्मिला विशुराल विजयी हुनुभएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले ६ हजार तीन सय आठ र उहाँका प्रतिस्पर्धी एमालेका राजेन्द्र बिक्रम बस्नेतले चार हजार ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार विशुरालले पाँच हजार ६ सय ९९ मत र उहाँका प्रतिस्पर्धी एमालेका भगवती खड्काले तीन हजार पाँच सय ९२ मत प्राप्त गर्नुभएको छ । आठ वटा वडा मध्ये पाँच वटामा माओवादी केन्द्र र तीनवटामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छ...