प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनकै सांसदबाट महाभियोग दर्ता

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग दर्ता गरिएको हो।  ९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। महाभियोग पुष्पा भुसाल, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ। 

सम्बन्धित सामग्री

महाअभियोग निष्क्रिय भएपछि राजनीतिमा तरंग

काठमाडौं, मंसिर २२। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने ?’ भन्ने अन्योलमा छन् । राणामाथि सत्ता गठबन्धन तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा […]

महाअभियोग निष्क्रिय भएपछि राजनीतिमा तरंग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने ?’ भन्ने अन्योलमा छन् । राणामाथि सत्ता गठबन्धन तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत […]

सांसद सुनुवारको शंका- महाभियोग जनअभियोगमा रुपान्तरण गर्ने प्रयास त भइरहेको छैन ?

काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उठाएका गम्भीर सवालमा सत्ता गठबन्धन र सरकार मौन बस्दा संशय पैदा भएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनुवारले आगामी निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको त छैन ? भन्दै प्रश्न गरेका हुन् ।  “महाभियोग पत्रमा हस्ताक्षर गर्ने...

“चोलेन्द्रशमशेरलाई सर्वोच्च अदालत फर्कन कसले रोक्छ ?”

काठमाडौं, २२ भदौ । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग टुंगो नलाग्नुको जिम्मेवारी सत्ता गठबन्धन र सभामुख अग्निप्रसाद सापकोटाले लिनुपर्ने बताएका छन् । “सभामुख र गठबन्धनले ६ महिनासम्म महाभियोगको प्रक्रिया नै अगाडि बढाएनन् । त्यसैले महाभियोग पारित गराउन होइन अल्झाउन र तर्साउनका लागि रिसरागमा ल्याएको स्पष्ट हुन्छ । नेकपा एमालेले चार जना […]

सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।  सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।

महाभियोग चुनाव सार्ने षडयन्त्र : ओली

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धन निर्वाचन नगराउने षड्यन्त्रमा लागेको बताउनुभएको छ । सोमबार विहानबाट सुरु भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव गलत भएको बताउँदै सो आरोप लगाउनुभएको हो । उहाँले …