नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सार्वजनिक गर्ने घोषणा सभा शुरू भएको छ ।
चितवनको सौराहामा मंगलवार साँझ घोषणा सभा शुरू भएको हो । घोषणा सभामा अध्यक्षमा पराजित भीम रावल पनि सहभागी छन् ।
मंसिर १० गते शुरू भएको महाधिवेशन मंगलवार समापन हुँदैछ ।
मंगलवार भएको निर्वाचनमा रावलाई पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए ।
भोट माग्ने क्रममा रावलले अध्यक्षमा पराजित भएमा अन्य पदमा नबस्ने घोषणा गरेका थिए ।