एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको क्रममा कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको छ ।
फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आह्वान...