कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔँ : प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानविन गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गरे।