जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई […]

सम्बन्धित सामग्री

दार्चुलामा विवाद, ३ राउण्ड हवाई फायर मतदान रोकियो

धनगढी : दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाई फायर गरिएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाई फायर गरेको हो।विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरूबीच सहमतिको प्रयास गरिँदैछ।एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर

जनकपुरधाम- सिरहामा मतपेटिका खोस्ने प्रयास गरेपछि हवाई फायर भएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका-६ को जनता मावि बडहरामाल मतदानस्थलमा हवाई फायर भएकाे हाे। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको हाे। स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले […]

बञ्चरेडाँडामा प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरिएपछि बञ्चरेडाँडाको अवस्था तनावग्रस्त बनेको छ। त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। फोहोर लिएर गएको गाडी अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाई फायर गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायर

काठमाडौँ । स्थानीय निर्वाचनको आज (शुक्रबार) भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ । दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् । रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १/१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । […]

पर्साको मिर्जापुरमा ४ राउण्ड हवाई फायर, मतदान जारी

३० वैशाख, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको छ । सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । दुई पक्षले ढुंगाहानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको […]

रौतहटमा पाँच राउण्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म

धनुषाको शहीननगरमा हवाई फायर

३० वैशाख, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए ।

गोरखाको घ्याल्चोकमा हवाई फायर

एउटै व्यक्तिले २ जनाको भोट हालेपछि गोरखाको गण्डकी गाउँपालिका वडानम्बर ७ घ्याल्चोक माविको मतदान केन्द्रमा विवाद भएको छ ।विवादपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसी ओम अधिकारीले जानकारी दिए । ‘तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ’, उनले रातोपाटीसँग भने, ‘अहिले अवस्था सामान्य भएर रोकिएको मतदान सुचारु भएको छ ।’