धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘एलपीएल’ फागुन १५ देखि सञ्चालन हुने

कैलाली : विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको आगामी संस्करण फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। कोरोना महामारीले झन्डै एक वर्षसम्म प्रभावित बनेको शिक्षासँगै विद्यालय स्तरको खेललाई पुनः शुरु गर्न सो लिगको आयोजना गर्न लागिएको हो।…

सम्बन्धित सामग्री

लिटल फ्लावर प्रिमियर लिग को ट्रफि सार्वजनिक

भोली फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को शुक्रवार ट्रफि सार्वजनिक गरिएको छ । विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल संचालन हुने धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा शुक्रवार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले ट्रफि सार्वजनिक गरेको हो । देशभरका १६ बिद्यालयको सहभागी रहने प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन । लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने छन ।

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक

फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो।

विद्यालय स्तरीय यू-१९ राष्ट्रिय क्रिकेट फागुन १५ देखि

विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (लिटल फ्लावर प्रिमियर लिग)को आगामी संस्करण फागुन १५ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।