न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। बैठक बुधबार दिउँसो ३ बजे बस्ने तयारी थियो। तर न्याय परिषद्ले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ। परिषद्का सहसचिव एवम् प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौँ उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको उल्लेख […]