बारसँग न्यायाधीशहरूले भने- हामीबीच फाटो आएको छैन, राणाको राजीनामा मागमा साथमै छौं

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अवज्ञा आन्दोलनमा रहेका न्यायाधीशहरूले आफूहरूबीच कुनै किसिमको फाटो नआएको बताएका छन्। नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँग मंगलवार भएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा १९ जना न्यायाधीश नै एकमत रहेको दाबी गरेका हुन् । छलफलका क्रममा न्यायाधीशहरूले व्यक्त गरेको धारणा उद्धृत गर्दै सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले लोकान्तरसँग भने, '४ जना न्यायाधीशले हामीहरूसँगको सहमतिमा नै मुद्दा फिर्ताको विषयमा मात्र सुनुवाइ गर्नुभएको हो भनेर ...