आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुने दाबी गरेका छन्। बुधबार संचारकर्मीहरुसँगको कुराकानी गर्दै मुख्यमन्त्री राईले सो दावी गरेका हुन्। प्रदेश २ को समेत नाम र राजधानी टुंगिएको अवस्थामा मुख्यमन्त्री राईले सो दावी गरेका हुन्।

सम्बन्धित सामग्री

प्रदेशको नामाकरण गर्न नसक्नेले अरुलाई दोष दिन मिल्दैन : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयता भित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाशीकरण भएको आरोप लगाउनुभएको छ । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय मन्त्रालयका मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको भएपनि […]

प्रदेशको नामाकरण प्रक्रिया साउन १५ गतेदेखि अघि बढ्न सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुन सक्ने बताएका छन्। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक सुरु भएको एक सातापछि नामाकरणको विषय अघि बढ्न सक्ने संकेत गरेका हुन्। प्रदेश सभाको बैठक साउन ८ गतेबाट सुरु हुँदैछ। […]

प्रदेशको नाम टुंग्याउन बसीबसी,उठीउठी कुरा गर्न तयार छु : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणको लागि आफू प्रतिपक्षी दल नेकपा एमालेसँग बसिबसी, उठीउठी जहाँ पनि कुरा गर्न तयार रहेको बताएका छन् ।  प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा राईले यस्तो बताएका हुन् । प्रदेशसभामा बोल्ने अधिकांश एमाले सांसदहरुले प्रदेशको नामाकरण टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रदेशको नामको विषयमा आफूले प्रष्ट रुपमा राख्दा राख्दै पनि यहाँ पटकपटक त्यही कुरा ? नामलाई महत्वपूर्ण कामको रुपमा

आवश्यक परे मन्त्रीको संख्या अझै थपिन सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणका लागि व्यवस्थापिकाको कार्यक्षेत्रभित्र हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन्। आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण सरकारको चासोको विषय भएको बताए। ‘नीति तथा कार्यक्रममा प्रदेशको नाम टुंग्याउने भन्ने कुराले व्यवस्थापिकाको कार्यक्षेत्रमाथि अतिक्रमण हुन्छ […]

मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई

संखुवासभा– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् । अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान […]

प्रदेशको नामाकरण छिट्टै हुन्छ : मुख्यमन्त्री राई

धनकुटा, कात्तिक २३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अविधेशनमा प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको छ । मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको हो । प्रदेशको नामाकरणको विषय विवादित भएको भन्दै पहिलेको सरकारका मन्त्री र नेताले भ्रम पारेको भन्दै उहाँले प्रदेश सभामा नामाकरणको बिषय […]

प्रदेशकाे नाम चाँडै टुङ्गाे लगाउँछाैँ : मुख्यमन्त्री राई

काठमाण्डाै – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको छ । आज बिहीवार हामीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको हो । अघिल्लो सरकारले सुर गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्राेत खोजेर ठूलो बनाउने बताउनुभयो । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढङ्ग र सही ठाउँमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाउनुभयो । उहाँले प्रदेशको नामाकरण गर्न दु...