काठमाडौं । महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको रानीमहल प्रांगणमा शनिबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । राष्ट्रिय भलिबल टिमका सदस्य रहिसकेका पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई २१-८ र २१-१७ ले हरायो । […]