रंगेलीका मेयर अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

विराटनगर : मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर उनको स्वागत गर्ने भएका छन्।  बिहान ११ बजेदेखि सुरु हुने एमालेले गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउने एमालेबाट निर्वाचित मोरङका प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए। माओवादी केन्द

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

नाम्खा र सिमकोट गाउँपालिकाबाट २६ जना एमाले प्रवेश

सिमकोट – चुनावी प्रचारका क्रममा विभिन्न पार्टीका २६ जना अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेहरू नाम्खा र सिमकोट गाउँपालिकाका रहेका छन्। एमाले सचिव तीर्थराज बोहराले नेकपा माओवादी, नेकपा एस, नेपाली कांग्रेस र स्वतन्त्र गरी २६ जना नेकपा एमालेमा प्रवेश गरेको बताए। उनले नाम्खा र सिमकोट गाउँपालिकाको चुनावी प्रचारका क्रममा एमाले प्रवेश […]

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

पूर्वआईजीपी खनाल एमाले प्रवेश

६ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । खनालले एमाले प्रवेश गर्न […]

जसपा सांसद अमृता अग्रहरी एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा प्रतिनिधिसभा सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले...

एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्ने

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। स्रोतका अनुसार उनी मंगलबार एमाले प्रवेश गर्नेछिन्। अभिनेत्री मानन्धरका साथै पूर्वमन्त्री प्रेम बहादुर सिंह पनि एमाले प्रवेश गर्दैछन्। सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी एमालेमा विलय हुन लागेको स्रोतको दाबी छ।

विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो । विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, […]

विक्रम पाण्डे एमाले प्रवेश गर्ने

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । […]

सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन्।