रामकुमारी झाँक्रीले स्वास्थ्य र विरोध खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी टुंग्याएको छ। एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुन लागेका चार नेताको जिम्मेवारी तोकेको हो। नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्ने तयारी भएको नेता गंगालाल तुलाधरले जानकारी दिए। 'अध्यक्षले केही वर्कआउट गरिरहनु भएको छ। मैले पत्र लेखेर…