बझाङ जिल्लामा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ। कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ।

सम्बन्धित सामग्री

ललितपुर महानगरपालिका–१ को प्राथमिकतामा स्वास्थ्य क्षेत्र

काठमाडौं । ललितपुर महानगरपालिका–१ ले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वास्थ्य सेवाको विस्तार कार्यक्रम शुरू गरेको छ । वडाले बालरोग, जनरल फिजिसियन, स्त्रीरोग, मधुमेह रोग लगायतका स्वास्थ्य परीक्षण विशेषज्ञ डाक्टरबाट शुरू गरेको हो । वडाले बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराएको छ । वडाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य निरीक्षक, अनमी, अहेब आदि कर्मचारीले खोप, एकीकृत बालरोग व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, भिटामिन–ए, नि:शुल्क औषधि वितरण जस्ता सेवा नियमित रूपमा दिँदै आएको बताइएको छ । वडा नं १ का अध्यक्ष निर्मल तण्डुकारले स्वास्थ्यकर्मीले वडाभित्रका सबै घरमा घरदैलो गर्ने गरी नर्सिङसहितको सेवा पनि उपलब्ध गराउने तयारी थालेको बताए । यसअन्तर्गत अपांगता भएका, गर्भवती महिला र शिशुको स्वास्थ्यको अनुगमन, क्लिनिकमा हुने उपचारको फलोअप तथा घरमै गएर औषधि वितरण लगायत सेवा दिइनेछ ।  आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मधुकरमणि आचार्यले स्वास्थ्यकर्मी परिचालन गरी आवश्यक सर्वेक्षण तथा पहिचानका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइने बताए । स्वास्थ्य संयोजक तथा वडा सदस्य कृष्ण महर्जनले वडाले स्वास्थ्य, जीवनशैली, खानपान आदि विषयमा छलफल, अन्तरक्रिया र चेतना वृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए ।

वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालमा आमा सुरक्षा कार्यक्रम शुरू

वैशाख २८, वीरगञ्ज । औद्योगिक तथा व्यापरिक घराना क्याल समूहले सञ्चालमा ल्याएको वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालले यही जेठ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम शुरू गर्ने भएको छ ।  सो अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको लागि आम सुरक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको हो ।   सरकारले सो अस्पताललाई आमा सुरक्षाको कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कार्यक्रम सञ्चालन हुन लागेको अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रमोदकुमार सर्राफले बताए । गर्भावस्थामा स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशुको स्वास्थ्यमा हुन सक्ने जटिलता कम गर्दै सुरक्षित मातृत्व निश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिएको प्राडा सर्राफले जानकारी दिए ।  यो कार्यक्रमअन्तर्गत गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा ४ पटक आफ्नो स्वास्थ्य परीक्षण गराई सुरक्षित प्रसुति सेवा लिन सक्ने अस्पतालले बताएको छ । आमा र शिशुको स्वास्थ्यको उचित हेरचाह गर्दै सुरक्षित मातृत्व ग्यारेन्टी गर्न यो कार्यक्रमको निर्देशिकाअनुसारका सेवाहरू निःशुल्क हुने र यसबाट गर्भवती महिला, सुत्केरी र शिशुको स्वास्थ्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण भई आमा र बच्चाको असल स्वास्थ्यको ग्यारेन्टी हुने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बिस २०७४ कात्तिकदेखि सञ्चालमा आएको अस्पतालले वरिष्ठ विशेषज्ञहरूसहित दक्ष चिकित्सक, नर्सिङ्ग स्टाफ र पारामेडिक्सहरूले सेवा दिइरहको सर्राफले बताए । अस्पतालमा अत्याधुनिक प्रयोगशाला र मोडुलर अप्रेशन थिएटर रहेको अस्पतालले बताएको छ । आधुनिक प्रविधबाट शल्यक्रिया, वीरगञ्जमै पहिलो अत्याधुनिक प्रविधियुक्त इन्डोस्कोपी सेवा उपलब्ध भएको सर्राफले बताए । छारे रोगको उपचारको लागि ईईजी सेवा प्रदान गर्दै आएको पनि उनले बताए । अहिले कोरोनाविरुद्धको खोपका साथै नियमित खोप कार्यक्रममा पनि सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा

गोदावरी, २४ मङ्सिर: कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताए । सुत्केरीमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नाका साथै सुरक्षित मातृत्वका लागि पोषण र […]

मातृशिशु मृत्युदर शून्य

सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाको तथ्याङ्क अनुसार मातृ तथा नवजात शिशु मुत्युदर शून्य रहेको छ। मातृ तथा नवजात शिशुको अकालमै मृत्यु हुन नदिन नगरपालिकाले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ।

सप्तरीको कञ्चनरुपमा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या वृद्धि

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘स्वास्थ्य संस्थामा प्रसूति’ गराउने महिलाको संख्या वृद्धि भएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमितामा राखि चेतना मुलक कार्यक्रम सञ्चालन गरिएपछि यो संख्या वृद्धि भएको हो। स्वास्थ्य शाखा संयोजक तथा सिनियर अहेब डम्बर गुप्ताले कञ्चनरुप नगरपालिका अन्त...