सिन्धुपाल्चोकमा बाँदर धपाउन रुख काट्ने निर्णय

चौतारा : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेका छन्।त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका छन्।उनले यो काममा सहयोग गर्न सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गरेका छन्।यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्