जनकपुरमा स्वतन्त्र उम्मेदवारहरूले पाए यस्ता चुनाव चिन्ह

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले चुनाव चिन्ह पाएका छन् । शनिबार जनकपुरधाम उपमहानगरपालिकाका लागि बागी तथा स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको हो । नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोजकुमार साहले घण्टाघर चुनाव चिन्ह पाएका छन् । त्यस्तै निर्माण व्यवसायी बलराम महतोले चुनावी चिन्ह आम (आँप) छाप पाएका छन् ।उता, एमालेमा सर्तअनुसार प्रवेश गरेको करिब एक साता नबित्दै एमालेले मेयर पदको टिकट नदिएपछि स्वतन्त्र उम्

सम्बन्धित सामग्री

बारा २ स्वतन्त्र उम्मेदवार यादव निरन्तर अगाडि

बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् । खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६  र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्वको प्रदेशसभा 'क' मा स्वतन्त्र उम्मेदवार पुन विजयी

रुकुम – रुकुम पूर्वको प्रदेश सभा क्षेत्र क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो । उहाँले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो । स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु...

रौतहट – ३ मा स्वतन्त्र उम्मेदवार अगाडि

राैतहट – रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मत गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १ हजार ८८२ मत ल्याउनुभएकाे छ । माओवादीकाे तर्फबाट एकल चुनाव चिन्ह लिएर उठ्नुभएका रवीन्द्र पटेलले १ हजार २२८ मत पाउनुभएकाे छ ।

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो ।  आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार […]

ज्यादतीविरुद्ध धादिङमा वलिया स्वतन्त्र उम्मेदवार

गजुरी – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ को उम्मेदवारी फिर्ता लिन समय सकिएको छ । उम्मेदवारी फिता लिने समय भएसँगै उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ । नीलकण्ठा नगरपालिकामा उपप्रमुख पदमा गठवन्धन दलबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएपछि कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोनयन […]

सरावलमा कांग्रेसका बागी एउटै चुनाव चिन्ह लिएर प्रचारमा

१८ वैशाख, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार एउटै चुनाव चिन्ह लिएर प्रचारमा लागेका छन् । अध्यक्ष उम्मेदवार राधेश्याम चौधरी र उपाध्यक्ष पदका उमेदवार प्रदीपकुमार अग्रहरीले स्वतन्त्रबाट खानेपानीको ‘धारा’ चुनाव चिन्ह लिएका हुन् । चुनाव प्रचारप्रसारमा रहेका उनीहरुले मतदातारुलाई भोट दिन सहज हुने भन्दै एउटै चिन्ह लिएको बताए । […]

विराटनगरमा स्वतन्त्रका मेयर-उपमेयर दुवैलाई लाल्टिन चुनाव चिन्ह

विराटनगर : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिन्ह  पाएका छन्। विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र उप मेयरका लागि स्वतन्त्र  उम्मेदवार दिएकी नमिता न्यौपानेले चुनाव चिन्ह लालटिन पाएको छ।शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले यादव र न्यौपानेलाई लालटिन चुनाव चिन्ह दिएको हो।यादव जसपाबाट मेयरका आकांक्षी थिए। तर, गठबन्धन गर्दा पार्टीले उपमेयर पाएपछि उनले पार्टी परित्याग ग

बालेनकाे चुनाव चिन्ह लाैराे

काठमाडौँ – काठमाडाैँ महानगरकाे मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहकाे चुनाव चिन्ह लाैराे रहने भएकाे छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लाैराे प्रदान गरेकाे हाे। आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार […]