सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल