चौबाटोमा उभिएको छ, भारत–चीन सम्बन्ध : जयशंकर

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनको सम्बन्ध यतिखेर चौबाटोमा उभिएको बताएका छन्। उनले पूर्वी लद्दाखमा जारी गतिरोधप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘प्रतिष्पर्धा गर्नु एउटा कुरो हो, तर सीमामा हिंसा गर्नुचाहिँ अर्कै कुरा हो। हामी प्रतिष्पर्धा गर्न तयार छौं।’’ एक पक्ष सम्झौता उल्लंघन गरिरहेको अवस्थामा सम्बन्धलाई व्यवस्थित राख्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।