विश्व व्यापार सङ्गठन (डब्लयूटीओ) ले हङकङका उत्पादनलाई 'मेड इन चाइना' को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ ।
विश्व व्यापार सङ्गठनको विवाद समितिले वाशिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वाशिङ्टनको तर्कलाई अस्वीकार गर्दै अमेरिकी मूलचिह्नकाे आवश्यकताले व्यापार निकायको नियमअन्तर्गत देशको दायित्वको उल्लङ्घन गरेको बताएको छ ।
समितिले यसलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धमा आपत्कालीन अवस्था’ नभएको र अमेरिकाको लेबलिङ नियमले हङकङमा बने...