राष्ट्रपतिद्धारा बैशाख ३० गतेभित्र धारा ७६ को २ बमोजिम सरकार बनाउन दाबी गर्न दलहरुलाई आह्वान

काठमाडौं, २७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार दाबी गर्न दलहरुलाई आह्वान गरेकी छिन् । आज साँझ सूचना जारी गर्दै राष्टपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा  पुस १० गते आईतबार बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी हुन् । संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को […]

जब प्रधानन्यायाधीश जबराले संविधानको धारा ७६(४)को प्रसंग उठाए

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (४)को प्रसंग उठाएका छन्। बुधबारको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्तालाई जबराले संविधानको धारा ७६(३) अनुसार बनेको प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी (५)मा जान मिल्छ भनी प्रश्न गरेका हुन्। बहसका क्रममा अधिवक्ताहरुले प्रधानमन्त्रीले मार्ग प्रशस्त गरे र दलहरुले त्यसलाई स्वीकार गरेकाले सरकार गठनको प्रक्रिया अघि बढेको दाबी गरे।

'धारा ७६ (५) निर्दलीय अभ्यासका लागि होइन'

अघिल्लो पटकको संसद् विघटन र अहिलेको संसद् विघटन आकाश जमिनको फरक छ।अघिल्लो पटकको विघटन प्रधानमन्त्रीले आफू स्वयंले गर्नुभएको हो। अहिलेको विघटन चाहिँ आफैं भएको विघटन हो। सिफारिसकर्ता प्रधानमन्त्री देखिनु भएको मात्र हो। तर, अहिले बाध्यात्मक अवस्था रहेको छ। जब ७६ (५) को सरकार निर्माण हुँदैन। त्यसपछि के गर्ने? चुप लागेर बस्ने कुरा पनि रहेन। उहाँले गर्नै पर्ने भएकोले संसद् विघटन गर्नु भएको हो। प्रधानमन्त्री र शेरबहादुर देउवाजीले धारा ७६ (५) बमोजिम  राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा द

सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।शुक्रबार राति राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त ग

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (३) अनुसार सरकार बनाउने

काठमाडौं। राष्ट्रपतिले दिएको समयमा विपक्षी दलहरूले बहुमतसहित सरकारको दाबी गर्ने अवस्था नभएपछि प्रधानमन्त्रीले केपी शर्मा ओलीले नै पुनः प्रधानमन्त्रीका लागि दाबी गर्ने भएका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका हुन्। नेकपा एमाले १२१ सांसदसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो।

अन्ततः धारा ७६ (३) अनुसार एमालेको सरकार बन्छ : विष्णु रिजाल

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले अब धारा ७६ को ३ बमोजिम एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले नयाँ सरकार गठनको लागि १३६ मत चाहिने र अहिले विपक्षी गठबन्धनसँग् १२४ मत मात्रै देखिएको बताउँदै यस्तो दाबी गरेका छन् ।  सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले नयाँ सरकार दाबी गर्नुअघि संख्या नजुटाई […]

प्रधानमन्त्रीको जिकिर : ‘दोहोर्‍याएर भन्छु– यो सरकार धारा ७६ को (१) अनुसारकै हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानको धारा ७६ को (१) अनुसारको भएको दाबी गरेका छन् । कुनै कालखण्डमा ७६ को (२) अनुसार बनेको भएपनि दुईवटा पार्टी एकीकरण भएपछि आफू सर्वसम्मत संसदीय दलको नेता बनेकाले सरकार धारा ७६ (१) मा परिणत भएको ओलीको दाबी छ ।  आइतवार राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू एउटै दलको बहुमतको प्रधानमन्त्री भएको बताए । फागुन ३ गते सरकार बन्दा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको भएपनि पार्टी एकतापछि परिस्थिति बद...