काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्ष, जनरल वार्ड । बेड नम्बर–९१४ । सो बेडमा ५ बर्षिया बालिका सीता (नाम परिवर्तन) पल्टिरहेकी छिन् ।कोपिला अवस्थामा बलात्कारको शिकार भएकी उनको दायाँ गालामा गहिरो चोट छ । देब्रे आँखामा पनि चोट छ । सो आँखा खोलेर संसार नियाल्न सक्दिनन् । रुपन्देहीको तिलोत्तमा–१५ कि निर्मला माघ १ मा बलात्कृत भईन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ । छिमेकी हिरालाल मल्लाहको घरका कामदार हुन्, आरोपी