नेपाललाई हिन्दूराष्ट्र कायम गर्न जस्तोसुकै चूनौति दिन तयार छौं : धर्मनिरपेक्षता खारेजी अभियान

काठमाडौं, १९ पुष । धर्मनिरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग राखेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो । अभियानले धर्मनिरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ […]