नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एक हुनुपर्ने माग लिएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवासमा पुगेका छन् ।
बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो ।
खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए ।
'तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्,' गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'अब बल तपाईंको कोर्टमा छ ।'
जवाफमा प्रचण्डले अझै केही दिन हेरौं भनेका थिए । 'सबै...