काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।शीतलनिवासमा अपराह्न भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा दिउँसो ३ बजे शीतल निवास पुगेको र करिब १ घण्टा कुराकानी भएको अधिकारीले जानकारी दिएका छन्।भेटघाटमा बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भ