मनाङका बाढी प्रभावितलाई एनएमबी बैंकको राहत

काठमाडौं (अस) । एनएमबी बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो । बैंकको मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा कर्मचारी, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे– ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा सहयोग सामग्री सामग्री वितरण गरिएको थियो । लगातारको वर्षाका कारण आएको बाढीले अलपत्र भएका तीन नाबालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाएको छ । उद्दार गरिएकामा ६५ वर्षीय बुद्घराम गुरुङ, ९ वर्षीय जोह्न गुरुङ, ७ वर्षीया आरध्या गुरुङ, ८ वर्षीया जेनिप गुरुङ र वर्ष २७ वर्षीया लक्ष्मी गुरुङ रहेको बैंकले बताएको छ ।